बझाङमा जीप दुर्घटना: २ जनाको मृत्यु, १२ घाइते

Posted on: 09 Oct, 2018

सम्राट सिंह | असोज २३, बझाङ  | जिल्लाको बुङ्गल नगरपालिकामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन ।

आज बिहान बागथलाबाट बिजगडा जाने क्रममा ठिमिबगर भन्ने ठाउँमा  साढे ६ बजे से १ ज ७२६ नम्बरको  जीप दुर्घटना हुँदा २ जनाको मृत्यु र १२ जना घाइते भएका हुन ।


मृत्यु हुनेमा मृत्यु हुनेमा कञ्चनपुर बेदकोट वडा नम्बर ५ बस्ने बर्ष ५६ का  धन बहादुर बोहरा र सोही ठाउँका बर्ष ६५ कि बिष्ना देवि बोहरा रहेको प्रहरीले जनाएको छ । 

जिपमा सवार गर्दै आएका १४ जना मध्ये  २ जनाको घटना स्थलमै मृत्यु भएको र जम्मा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय का डिएसपी प्रविण धितालले बताए । जीप सडक भन्दा २०० मिटर तल खसेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!