कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

Posted on: 09 Oct, 2018

असोज ३, कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका २ मा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

वर्दगोरिया गाउँपालिका २ फले विसौलाको लालमटियाबाट ढुंगा बोकेर बौनिया बजारतर्फ आउँदै गरेकेा से १ त ३९६९ नम्बरको ट्रयाक्टर पल्टेर च्यापिदा चालक बर्दगोरिया १ का ४० बर्षका डागु चौधरी र सोही ठाउँका सहचालक ३० बर्षका सुरज कठरियाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा स्थानीय भीम कठरिया घाइते भएको र उनको वर्दगोरिया अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!