कास्कीका सहन्यायाधिवक्ता थापा ५ लाख घुससहित रंगेहात पक्राउ

Posted on: 10 Oct, 2018

असोज २४, कास्की | कास्कीका जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपोग अनुसन्धान आयोग पोखराको टोलीले सहन्यायधिवक्ता थापालाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो । 

ठगी मुद्दा पुनरावेदन नगर्ने भन्दै पाँच लाख लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको अख्तियार कार्यालय पोखराका प्रवक्ता रमेश ढकालले जानकारी दिए । 

उनलाई बुधबार बिहान पौने ९ बजे कार्यालयबाटै पक्राउ गरिएको अख्तियारको टोलीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!