१२ बर्षपछि बझाङ विमानस्थलमा हवाईजहाज अवतरण

Posted on: 10 Oct, 2018

सम्राट सिंह | असोज २४, बझाङ | सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङको विमानस्थलमा झण्डै १२ बर्षपछि हवाईजहाज अवतरण भएको छ । बझाङ जिल्लाका निर्वाचित सांसदहरु,नेता,पत्रकार तथा पर्यटन सम्बन्धि काम गर्ने संघ संस्थाहरुको पहलमा १२ बर्षपछि आज १ बजेर १० मिनेटमा नेपाल एयरलाइन्सको हवाईजहाज देवल विमानस्थलमा अवतरण भएको हो ।


लामो समय सम्म बन्द रहेको विमानस्थलमा एक्कासी हवाईजहाज अवतरण भएपछि जहाज हेर्न आउनेको भिँडसँगै जनतामा खुसी छाएको छ । बुधबारबाट नेपालगंज बाट बझाङ, बझाङबाट नेपालगंज टेस्ट फ्लाइट उडान सुरु गरेको नेपाल बायुसेवा निगमले जनाएको छ ।

संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले असोजको दोस्रो साताभित्र बझाङमा हवाई सेवा सञ्चालन हुने आश्वासन दिएतापनि असोजको चौथो सातामा भने बझाङ विमानस्थलमा हवाईजहाज अवतरण गराएका छन ।

बझाङ जिल्ला धार्मिक तथा पर्यटन हिसाबले पनि भरिपूर्ण जिल्ला भएकाले नियमित हवाईजहाज सुचारु भयोभने जिल्लामा पर्यटकहरु भित्रिने र जिल्लालाई लाभ हुने नागरिक अगुवा धर्मजंग सिंहले बताए । आज टेस्ट फ्लाइट भनेर एक दिन हवाइजहाज विमानस्थलमा अवतरण भयोे भोलीदेखी फेरी उस्तै अवस्था भयोभने जनतामा निरासा छाउने हुँदा हप्त्ताको ३ फ्लाइट नियमित उडान गर्नुपर्ने उनको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!