दशैको मुखमा खोटाङको याम्खामा बल्यो विजुली

Posted on: 11 Oct, 2018

चिसाङ शेर्पा | खोटाङ २५, असोज | खोटाङको याम्खामा साविक दुई वडामा विधुत विस्तार गरिएको छ । वर्षौदेखी अध्याँरोमा वस्दै आएका स्थानीय वासिन्दालाई उज्यालो दिलाउनका निम्ति केन्द्रिय प्रसारण लाईनको विधुत विस्तार गरिएको हो ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाको साविक वडा नम्बर ६ मोहोरिया र साविक वडा नम्बर ८ पोखरे–जामुनेको आधा भूभगामा विधुत विस्तार गरिएपछि मोहोरिया–पोखरे–जामुने विद्युत विस्तार आयोजनाको बुधबार दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले उद्घाटन गरेका छन् ।

गाउँपालिकाको आर्थिक वर्ष २०७४÷०७५ को १२ लाख ५० हजार वजेट र नेपाल विधुत प्राधिकरण वितरण केन्द्र दिक्तेलको सहयोगमा बलेको विजुलीले ७५ घरधुरी लाभान्वि भएका छन् । 

विधुत विस्तार गर्न प्राधिकरणले हाईटेन्सन लाईनका लागि २४, एलटी लाईनका लागि २९ वटा पोल, ६ हजार मिटर तार र ट्रान्सफर्मर उपलब्ध गराएको विधुत विस्तार उपसमिति अध्यक्ष सुष्मा श्रेष्ठ मगरले जानकारी दिईन् । दशैको मुखमा विजुली वत्ती वलेपछि स्थानीय हर्षित भएका छन् ।

सोही वजेटमा याम्खा साविकको वडा नम्बर ७ खमारेमा पनि विजुली वत्ती वल्ने भएको छ । त्यहाँका ४५ घरधुरीले हाउस वायरिङ गर्दै गरेकाले बत्ती वल्नमा केही ढिला भएको गाउँपालिका प्रमुख राईले बताए । त्यहाँको लागि राखिएको ट्रान्सफर्मर भने चार्ज भएर वाल्नका लागि तयारी राखिएको छ । यससँगै याम्खाको साविक वडा नम्बर ५ लिलिमा र साविक वडा नम्बर ८ खामडाँडामा विजुली वल्न बाँकी रहनेछ । त्यहाँ तिहारपछि विधुत बालिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको सप्तेश्वर छितापोखरीमा विजुली बत्ती नबलेका स्थानमा भने तिहार अघि नै विजुली बत्ती बल्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!