जाजरकोटमा घाँस काट्ने क्रममा लडेर दुईको मृत्यु

Posted on: 11 Oct, 2018

असोज २५, जाजरकोट | बारेकोट गाउँपालिका–९ काप्तीका २७ वर्षीय लालबहादुर खड्काको आज घाँस काटिरहेको अवस्थामा लडेर मृत्यु भएको छ । घाँस काट्दै गर्दा चिप्लिएर उहाँको मृत्यु भएको स्थानीयवासी लोकेन्द्र गौतमले जानकारी दिनुभयो । 

त्यस्तै बारेकोट गाउँपालिका–५ का ४१ वर्षीय हरिबहादुर सिंहको लडेर मृत्यु भएको सरस्वती मावि नायकवाडा सिलिगिचौरका शिक्षक घमण्ड शाहले जानकारी दिनुभयो । स्थानीयवासी जङ्गलमा घाँस काटेर घरमा ल्याउँदै गर्दा उहाँको पनि आज बिहान मृत्यु भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!