१६ वर्षीया किशोरीमाथी सामुहिक बलात्कार, २ अभियुक्त पक्राउ

Posted on: 11 Oct, 2018

असोज २५, बुटवल । रुपन्देहीमा १६ वर्षीया किशोरीमाथी सामुहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको अभियोगमा प्रहारीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका- १० का ३५ वर्षीय उदय थापा र वुटवल उपमहानगरपालिका-७ का २६ वर्षीय कृष्ण थापा रहेका छन् |


बुटवलमा चलिरहेको मेला घुमेर फर्कने क्रममा बेलुका ८ बजे मोटरसाइकलमा राखेर नजिकै रहेको शिबनगर जंगलमा पुर्‍याएर सामुहिक बलात्कार गरेको भन्दै किशोरीले जाहेरी दिएकी छिन् |

घटनास्थलबाट ४ थान कण्डम, फुटेका चुरा समेत बरादम भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!