कात्तिकमा सिद्धिथुम्का महोत्सव

Posted on: 12 Oct, 2018

असोज २६, मङ्गलबारे | इलामको देउमाई नगरपालिका–७ सिद्धिथुम्कामा तीन दिने पर्यटन महोत्सव हुने भएको छ । ‘आन्तरिक पर्यटन प्रवद्र्धनमा जुटौँ’ नाराका साथ आगामी कात्तिक २५, २६ र २७ गते महोत्सव हुने भएको छ । 

खान्द्रुङ गुफा, अजम्वरे डाँडा, झुल्केघाम हेर्ने चुली, फुङफुङे झरना, मन्दिर, देवीस्थान यहाँका पर्यटकीय आकर्षण हुन् । स्थानीय व्यावसायिक कृषि प्रणाली र मौरीपालन व्यवसाय यहाँ राम्रोसँग फस्टाएको छ । महोत्सवमा कृषि प्रदर्शनी र मौरीको समेत कक्ष राखिने महोत्सव आयोजक समितिका अध्यक्ष गोविन्द गुरागाईँले जानकारी दिनुभयो । यसअघि यहाँ दुई पटक महोत्सव आयोजना गरिएको थियो । 

रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!