यात्रुबहाक बस सुनकोशी नदिमा खस्यो

Posted on: 12 Oct, 2018

असोज २६, काठमाडौं । सिन्धुलीको मुलकोटमा बस यात्रुवहाक बस दुर्घटना भएको छ | सिन्धुलीको मरिणबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ द ९१२ नम्बरको बस सुनकोशी नदीमा खस्दा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख एसपी रामेश्वर यादवका अनुसार दुर्घटनामा अन्य ३ जना घाइतेको पनि उद्दार गरिएको छ ।

बसमा अन्य पनि रहेको हुन सक्ने आशंकामा खोजी र उद्दार कार्य जारी छ । गम्भीर घाइते ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घटनाको थप विवरण आउन बाकि छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!