बुटवलमा दशैका यात्रुको चहल पहल ( फोटो फिचर )

Posted on: 12 Oct, 2018

प्रेम सुनार । असोज–२६, बुटवल । दशै नजिकिए संगै बुटवल बसपार्कमा दशैका यात्रुहरुको चहल पहल निकै बढेको छ । प्रदेश सरकारले दशैका यात्रुहरु ठगिन र अन्य झण्झटमा पर्न नपरोस भन्ने उद्देश्यका साथ बसपार्क  भित्र ट्राफिक प्रहरी सहितको नागरिक सहायता कक्ष राखे पछि बिगतको जस्तो  यात्रुहरु ठगिन र अन्य सास्ती खेप्न नपरेको पाईयो ।

शुक्रवार विहानै देखि बुटवलबाट बाहिरिनेहरुको घुईचो थियो । नागरिक सहायता कक्षमा रहेका ट्राफिक प्रहरी नायव निरीक्षक डोरबहादुर थापाका अनुसार दैनिक दशौ हजारको  संख्यामा बुटवलबाट मानिसहरु दशै मान्नका लागि बाहिरिने गरेका छन ।

भारतबाट  डेढ  दशक पछि परिवार सहित लिएर दशै मान्न घर आएका गुल्मी ईस्माका बिष्णु परियारलाई अहिले बुटवलका सडक चौडा भएको र  एक दशक अघि उनले देखेको बिकास र अहिलेको बिकासले दंग  पारेको छ । ‘राम्रो बिकास भए छ , बाटो पनि यति चौडा  देखे , म त दंग परेको छु ’–परियारले सोेधे हाम्रो ईस्मा सम्मै गाडी जान्छ ?’

उनि पहिलो पटक तम्घास देखि उनको गाउँपालिकाले छुने स्थान सम्म पिच गरेको बाटो हुँदै घर जाने छन । उनको घर सम्म पिच भई नसके पनि सडक चौडा र सुविधा जनक यात्रा गर्दैं उनि घरमा पुग्ने छन । उनि सहित भारतको दिल्लीबाट एक बस यात्रुहरु अहिले बिहान झरेर गुल्मी, अर्घाखाँची र बाग्लुङ्ग सम्म जानका लागि टिकट लिदै थिए ।

बैदेशिक रोजगारबाट आउनेहरु सुडकेश गुडाउँदै काण्टर तर्फ लाग्दै थिए । प्रहरीको निगरानी बढेकाले विगतका जस्तो पकेट माराहरुको खासै डर देखिएन । ट्राफिक प्रहरी नायव निरीक्षक थापा भन्छन –‘हामीहरुले यात्रुहरुको  हर कुरामा निगरानी बढाएका छौं ।

कतिपय डबल टिकट परे पछि हामी कहाँ आउनु हुन्छ । बृद्ध बृद्धा  र महिलाहरुलाई अनिवार्य सुरक्षित सिटहरु पनि हामीले उपलब्ध गराई  पठाउने गरेका छौं । निर्धारित भाडा दर भन्दा बढि लिन हामीले दिएका छैनौं । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!