नुवाकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो, मृतक र घाइते सबैको परिचय खुल्यो (नामावलीसहित)

Posted on: 12 Oct, 2018

असोज २६, नुवाकोट | नुवाकोटको समुन्द्राटारबाट त्रिशूलीतर्फ जाँदै गरेको मिनीबस आज सूर्यगढी गाँउपालिका–५ गणेशस्थानमा दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ५५ जना घाइते भएका छन् ।

दुर्घटनामा परी नुवाकोटको पञ्चकन्या गाँउपालिका–४ थप्रेकका २८ वर्षीया मिनु तामाङ र ५९ वर्षीय भगवान कडेंल तथा चितवन स्थित मुग्लिङका ५६ वर्षका बलराम तिवारी रहेका छन् । नुवाकोट प्रहरी प्रमुख बसन्तबहादुर कुंवरको अनुसार तामाङ र तिवारीको घटनास्थलमा नै मृत्यु भएको र कंडेलको उपचारको क्रममा काठमाडौ स्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा परी ५५ जना घाइते भएका छन । दुर्घाटनामा परी गम्भीर घाइते भएका मध्ये ३३ जनालाई थप उपचारको लागी काठमाडौ पठाइएको छ भने २२ जनाको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका मध्ये चार जनालाई हेलिकोप्टर मार्फत र बाँकीलाई एम्बुलेन्स मार्फत काठमाडौ पठाइएको प्रहरीले जनाएको छ ।

दुप्चेश्वर गाँउपालिका–३ राउतवेशीको झगरेबाट त्रिशूलीतर्फ छुटेको बा.१ ख ६३५६ नं. को बस बिहान करिब दश बजे गणशस्थानको छेरीखोला भन्ने ठाँउमा दुर्घटनामा परेको थियो । पुरानो गाडीमा क्षमताभन्दा बढी यात्रु राखेर तिव्र गतिमा रहेको बसले सन्तुलन गुमाएर दुर्घटना हुदाँ सडकबाट एकसय मिटर तल पुगेको प्रहरीले जनाएको छ । दुर्घटनाको क्रममा बसको अगाडीतर्फको दुवै पाङ्ग्रा सडकमा रहेको थियो भने बस दुई फन्को लगाएर सिचाई नहरमा पुगेर अड्किएको थियो ।

यस्तो छ मृतक र घाइतेहरुको नामावली:-

१. मिनु तामाङ -  पन्चकन्या गाउपालिका ४ थप्रेक (मृत्यु)

२. बलराम तिवारी- मुग्लिङ घर भन्नेबुझिएको (मृत्यु)

३. भगवान कडेल-  पन्चकन्या ४ थप्रेक (मृत्यु)

४. शुसिला अधिकारी- बिदुर नगरपालिका वडा नं. २  

५. बलराम थापा- सुर्य गढिगाउपालिका वडा नं. ५  

६. संजय लामा-  तादी गाउपालिका वडा नं. २ (चालक)

७. अरुण परियार- लिखु गाउपालिका (सहचालक)

८. सानु तामाङ - पन्चकन्या४ बस्ने  

९. सुसिला कोईराला-विदुर न.पा १२  

१०. सुगन्ध अधिकारी- नुवाकोट तादिगाउपालिका ३  

११. कृष्ण बहादुर थापा- तादिगाउपालिका ३

१२. रमा देवी तामाङ- जि.नुवाकोट दुप्चेश्वरगा.पा.२  

१३. कल्पना श्रेष्ठ- जि.नुवाकोट तादिगाउपालिका ३ 

१४. फुल माया कडेल- जि.नुवाकोटपन्चकन्या४  

१५. पाण्डप थापा- जि.नुवाकोट तादिगाउपालिका ४  

१६. रुपलाल तामाङ- जि.नुवाकोट दुप्चेश्वरगा.पा.२ 

१७. सिता थापा- जि.नुवाकोट पन्चकन्या४ 

१८. एलिसा अधिकारी- जि.नुवाकोट पन्चकन्या४  

१९. निरु तामाङ- जि.नुवाकोट तादिगाउपालिका १  

२०. रोसन गौतम- जि.नुवाकोट लिखुगापालिका वडा नं. ५  

२१. गणेश थापा- जि.नुवाकोट तादिगाउपालिका १  

२२. लेख बहादुर पण्डित- जि.नुवाकोट पन्चकन्या४  

२३. अन्जु अधिकारी- जि.नुवाकोट पन्चकन्या४  

२४. हुज राज श्रेष्ठ- जि.नुवाकोट तादिगाउपालिका ४  

२५. सुस्मिता थापा- जि.नुवाकोट पन्चकन्या४  

२६. एनिका पण्डित- जि.नुवाकोट तादिगाउपालिका ४ 

२७. शोभा पण्डित- जि.नुवाकोट तादिगाउपालिका ४

२८. मनिषा पण्डित- जि.नुवाकोट तादिगाउपालिका ४ 

२९. फुल माया तामाङ- जि.नुवाकोट दुप्चेश्वरगा.पा.२ 

३०. सरिता तामाङ- जि.नुवाकोट तादिगाउपालिका ४ 

३१. मिना श्रेष्ठ- जि.नुवाकोट तादिगाउपालिका ३

३२. सिद्धार्थ तामाङ- जि.नुवाकोट तादिगाउपालिका १

३३. मिना श्रेष्ठ- जि.नुवाकोट तादिगाउपालिका ३

३४. रिसङ तामाङ- जि.नुवाकोट दुप्चेश्वरगा.पा.२  

३५. सुर्य बहादुर तामाङ- जि.नुवाकोटपन्चकन्या१  

३६. कल्पना तामाङ- जि.नुवाकोट दुप्चेश्वरगा.पा.३  

३७. वाङगेल तामाङ- जि.नुवाकोट दुप्चेश्वरगा.पा.३  

३८. सुमता सिह ठकुरी- जि.नुवाकोट पन्चकन्या४  

३९. श्याम बाबु डंगोल- जि.नुवाकोट पन्चकन्या४ 

४०. नेत्र बहादुरप्याकुरेल- जि.नुवाकोट पन्चकन्या४  

४१. चिरन्जिवी अधिकारी- जि.नुवाकोट पन्चकन्या४  

४२. लक्ष्मी राई- जि.नुवाकोट सुर्य गढिगाउपालिका वडा नं. ४

४३. संम्झना प्रसाई- जि.नुवाकोट सुर्य गढिगाउपालिका वडा नं. ४

४४. जानुका राई- जि.नुवाकोट सुर्य गढिगाउपालिका वडा नं. ४

४५. सुदर्शन खत्रीक्षेत्री- जि.नुवाकोट तादिगाउपालिका ४

४६. दिप्सना सिह ठकुरी- जि.नुवाकोट पन्चकन्या ४  

४७. राम कुमार अधिकारी- जि.नुवाकोट तादिगाउपालिका ४

४८. साबित्री अधिकारी- जि.नुवाकोट तादिगाउपालिका ४  

४९. मेनुका अधिकारी- जि.नुवाकोट पन्चकन्या४  

५०. प्रमिला कार्की जि.नुवाकोट पन्चकन्या४  

५१. फुल मान तामाङ- जि.नुवाकोट तादिगाउपालिका ४  

५२. प्रमिशा कार्की- जि.नुवाकोट तादिगाउपालिका ४  

५३. रोहित तामाङ- जि.नुवाकोट पन्चकन्या४  

५४. कुमार तिमल्सीना- जि.नुवाकोट तादिगाउपालिका ४

५५. प्रेम स्याङतान- जि.नुवाकोट दुप्चेश्वरगा.पा.४  

५६. दिप्सन ठकुरी- जि.नुवाकोट पन्चकन्या४  

५७. राम बहादुर पाण्डे- जि.नुवाकोट तादिगाउपालिका ४ 

५८. रुपक अधिकारी- जि.नुवाकोट पन्चकन्या४ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!