हेटौडा: होटलमा ल्याएर किशोरीको बलात्कार

Posted on: 13 Oct, 2018

असोज २७, मकवानपुर | हेटौडा प्रहरीले बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । 

भीमफेदी गाउपालिकाकी १५ वर्षीया किशोरीलाई हेटौडा १० स्थित होटलमा ल्याएर बलात्कार गरेको आरोपमा प्रहरीले हेटौडा १ का ३० वर्षीय कमलराज गिरीलाई शुक्रबार पक्राउ गरेको हो । नौ कक्षामा अध्ययन गर्ने बालिकालाई खाजा खाउँ भनेर होटलमा लगेर बलात्कार गरेको पीडित पक्षको आरोप छ । 

घटना बुधबार भएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!