त्रिशूली जलविद्युत् केन्द्रमा मुसा पसेपछि...

Posted on: 13 Oct, 2018

असोज २७, नुवाकोट | बिहिबार नुवाकोट स्थित त्रिशूली जलविद्युत् उत्पादन केन्द्रको ब्रेकरमा मुसा पसेर विद्युत् अवरुद्ध भयो । मुसाकै कारण अवरुद्ध भएको बिजुली १६ घण्टापछि सुचारु गरियो  ।

बिहीबार मध्येराति १२ बजे उत्पादन केन्द्रको ब्रेकरमा मुसा पसेपछि बिजुली बन्द भएको थियो । विद्युत् अवरोध हुँदा नुवाकोट, रसुवा र धादिङ जिल्लामा विद्युत् प्रभावित भएका थिए । 

यस अघि पनि त्रिशुली जलविद्युत केन्द्रमा मुसाको कारण विद्युत सर्ट भएर आगलागी भएको थियो । त्यतिबेला आगलागी हुँदा विद्युत पावर हाउसबाट विद्युत बाहिर पठाउने ४ वटा ब्रेकर जलेर नष्ट भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!