धादिङमा टिपर दुर्घटना, ३ जनाको मृत्यु

Posted on: 13 Oct, 2018

असोज २७, धादिङ । धादिङको थाक्रे गाउँपालिकामा शुक्रबार राति टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । थाक्रे गाउँपालिका-१० मानेडाँडामा बा ५ ख २४१८ नम्बरको टिपर दुर्घटना भएको हो । 

दुर्घटनामा मृत्यु हुनेमा थाक्रे गाउँपालिका-१० का ५५ वर्षीय महेश तामाङ, ६० वर्षीया सोममाया तामाङ र ६२ वर्षीया सावित्री तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । महेश र सोममायाको घटनास्थलमै र सावित्रीको उपचारका लागि काठमाडौंतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका तीन जनाको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

पृथ्वीराजमार्गको भीमसेन स्थानबाट कच्ची सडकबाट चकमके जाँदै गरेको टिपर सडकबाट करिब ६०० मिटर तल खसेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!