सिन्धुलीमा ३० यात्रु बोकेको बस दुर्घटना

Posted on: 13 Oct, 2018

असोज २७, काठमाडौं । सिन्धुलीमा ३० जना यात्रु बोकेको बस दुर्घटनामा परेको छ । काठमाडौंबाट गाइघाट जाउँदै गरेको बस सुनकोशी गाउँपालिका–३, रातोमोटेमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाए अनुसार घटनामा एक जना घाइते भएका छन् भने अन्य यात्रुहरुको अवस्थामा सामान्य छ ।

बस ठुलो दुर्घटनाबाट जोगिएको बताइएको छ । बस तल खसेको भए ठूलो क्षति हुनसक्ने थियो तर, सडकमै दुर्घटना भएको हुँदा ठूलो क्षति भने हुन पाएन ।

दशैँको बेला बस दुर्घटना बढेपछि दशैमा घर जानेहरु स-शंकित बनेका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!