लुटपाट गरेको अभियोगमा ४ युवतीसहित ७ जना नयाँबसपार्कबाट पक्राउ

Posted on: 15 Oct, 2018

असोज २९, काठमाडौं | भारतीय तीर्थयात्री प्रमोद कुमार गुप्ता लगायत तीन जनालाई लुटपाट गरेको अभियोगमा ४ युवतीसहित सात जना पक्राउ परेका छन् । 

उनीहरुले राजधानीको नयाँबसपार्कमा रहेको स्टार नाइट क्लवमा लगेर नगद लुटेका थिए | पक्राउ पर्नेहरुमा सिन्धुलीकी निर्मला तामाङ, उदयपुरकी रुपा राई, सर्लाहीकी रोशनी तामाङ र स्वस्तीका तामाङसहित संखुवासभाका ओम राई ओखलढुङगाका मेघबहादुर महरा, र नुवाकोटका विनोद अर्याल रहेका छन् ।


उनीहरुको साथबाट लुटेराहरुले १३ हजार ५ सय भारु लुटेको प्रहरीले जनाएको छ ।

उनीहरुले भारतीय यात्रीलाई पशुपतिबाट राम्रो होटलमा लगिदिने बहानामा स्टार क्लवमा लगेर लुटेका थिए ।

ती भारतीय नागरिक भने स्वदेश फर्किसकेको महानगरीय प्रहरी बृत्त महाराजगन्जका प्रमुख डीएसपी फडिन्द्र प्रसाईले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!