खडेरी पीडित किसानलाई राहत बितरण ।

Posted on: 15 Oct, 2018


कमल घिमिरे।असोज २९। पाँचथर, पाँचथरको कुम्मायक गाउँपालिकाका ३ सय ९ जना खडेरी प्रभावित किसानले राहत पाएका छन ।

गाउँपालिकाले चाडपर्वलाई लक्षित गर्दै दशैं अगावै आज राहत बितरण गरेको हो ।  प्रतिघरधुरी ५ हजार नगत र एक बोरा चामलको दरले राहत बितरण गरिएको गाउँपालिकाका प्रमुख जयबहादुर चेम्जोङले बताउँनुभयो । उहाँले ‘खडेरीले असर पु¥याएको कुम्मायक एक का एक सय ५४ घरधुरी, वडा न. ३  का ५६ घरधुरी र वडा न. ५ का एक सय १ घरधुरीलाई राहत बितरण गरिएको बताउनुभयो । 

प्रदेश सरकारले गाउँपालिकाका ३ सय ११ घरधुरीलाई ५ हजारको दरले १५ लाख ५५ हजार र गाउँपालिकाले ३ सय ११ बोरा चामल राहत स्वरुप बितरण गरेको हो । खडेरी प्रभावित किसानलाई गाउँपालिकाले एक बर्षको मालपोत कर समेत मिना गर्ने भएको छ । खाध्य संकट देखा पर्न सक्ने भन्दै गाउँपालिकाले यस्तो निणर्य लिएको कुम्मायक–१ का वडा अध्यक्ष देबेन्द्र कुमार लावतीले बताउनुभयो । ‘किसानलाई प्राकृतिक प्रकोपको समयमा भएको समयमा गाउँपालिकाले मालपोत कर मिना गर्ने निणर्य गरेको उहाँले बताउँनुभयो 


यस बिषयमा तपाइको प्रतिक्रिया...!