काम नगर्ने ठेकेदारलाई कार्बाही गरिने: सांसद सिंह

Posted on: 16 Oct, 2018

सम्राट सिंह | असोज ३०, बझाङ | संघीय सांसद एवं माननीय सांसद भैरव बहादुर सिंहले जिल्लामा ठेक्का ओगट्ने तर समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई कानुनी दायरामा ल्याउने दाबी गरेका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङद्धारा सोमवार सदरमुकाम चैनपुरमा आयोजित विजयादशमीको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै माननीय सदस्य सिंहले उक्त कुरामा दाबी गरेका हुन् । ठेक्का ओगट्ने तर समयमा काम नगर्ने ठेकेदारले जिल्लाको विकास निर्माणको गतीलाई पछाडि धकेलेको भन्दै माननीय सिहंले आगामी दिनमा ठेकेदारहरुले इमान्दारीका साथ समयमै काम सम्पन्न गर्न सुझाव  दिएका छन् । 

आइतवार गृह जिल्ला बझाङ पुगेका माननीय संसद सिंहले जिल्लामा संचालित विभिन्न योजना तथा आयोजनाहरुको समेत स्थलगत अनुगमन गरेका छन् । संसद सिंहले जिल्लाको बित्थडचिर गाउँपालिका स्थित निर्माणाधिन देउलेख प्राथमिक स्वास्थ्यचौकी भवन, बझाङमा विस्तार हुन लागेको राष्ट्रिय विद्यृत प्रशारण लाइन, झनाना, तमेल र पानकोट पक्की पुल लगायतका आयोजनाहरुको स्थलगत अनुगमन गरेका छन् । 

शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सिंहले जिल्लाबासीलाई सुख शान्ति र समृद्धि मिलोस तथा जिल्लाले दिगो विकासको आभास गरोस भन्दै शुभकामना दिनु भएको छ । बझाङ जिल्लामा संचालित अधिकांश ठुला लगानीका आयोजनाहरुको काम समयमा सम्पन्न हुन नसक्दा कतिपय आयोजनाहरु अलपत्र अवस्थामा रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!