नवलपरासीमा चालक निदाएका कारण बस दुर्घटना, ५ को मृत्यु

Posted on: 21 Oct, 2018

कात्तिक ४, नवलपरासी | सिट क्षमताभन्दा बढी यात्रु बोकेको रात्री बस महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोला नजिक आज बिहान ५ बजे दुर्घटना हुँदा कम्तिमा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । 

४० जना यात्रु बोक्ने क्षमताको धरानबाट भैरहवातर्फ जाँदै गरेको रात्री बसले ५२ यात्रु बोकेको प्रहरीको भनाई छ ।

दसैंमा टिका सकेर आ–आफ्नो गन्तव्यमा हिँडेका यात्रु बसमा खचाखच थिए । बसका चालक निदाएका कारण बिहान बस राजमार्गबाट देब्रेतर्फ पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा १६ जना घाइते भएका छन् । ती मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ ।

तश्विर: फेसबुकबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!