सिन्धुपाल्चोकमा ट्रिपर दुर्घटना: एकको मृत्यु, दर्जनबढी घाइते

Posted on: 22 Oct, 2018

कात्तिक ५, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको भैंसेमा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जुगल गाउँपालिकाको याङ्लाकोट जलबिरे हुँदै बाह्रबिसे गइरहेको बा४ख ९०१७ नम्बरको टिपर सडकमै पल्टिएर दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार घटनास्थलमै मृत्यु भएका एक जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा परी दर्जनबढी घाइते भएका छन् । दशैंमा आफन्त भेट्न हिडेंकाहरु दुर्घटनामा परेका बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!