जुम्लामा २२ जुवाडे पक्राउ

Posted on: 22 Oct, 2018

कातिक ५, जुम्ला | दसैँको अवधिभर जुम्लामा २२ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार जिल्लाको बसपार्कबाट चार जना र तातोपानी गाउँपालिकाको हाँकुबाट चार जना जुवाडे पक्राउ परेसँगै पक्राउ पर्ने जुवाडेको संख्या २२ पुगेको हो । प्रहरीले यसअधि बसपार्कबाटनै १४ जना जुवाडे २ लाख ५१ हजार नगद रुपैया सहित एकैसाथ पक्राउ गरेको थियो ।

डिएसपी सिताराम रिजालले भने, ‘ठुलो धनरासी सहित जुवाखालबाट पक्राउ परेका सबै जुवाडे प्रहरी हिरासतमा छन्, थप आवाश्यक अनुसन्धानपछि सबैमाथी कानुनि कारवाही हुन्छ ।’ पछिल्लो समय जिल्लाका विभिन्न ठाँउ तथा प्रमुख बजार क्षेत्रहरुमा जुवा र मदिरा सेवन कार्य निरुत्साहित गर्न प्रहरीले कडा निगरानी पनि थालेको उनले बताए । चाडवाडको नाममा बढ्ने गरेको जुवातास, मदिरा सेवनलगायतका गलत क्रियाकलाप रोक्न प्रहरीले अभियान सुरु गरेको उनले जानकारी दिए । पक्राउ परेका जुवाडेहरु चन्दननाथ नगरपालिका र तातोपानी गाँउपालिका क्षेत्रका भएपनि प्रहरीले नाम भने सार्वजनिक गरेको छैन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!