दाङमा पाँच सय गाडी चालक कारवाहीमा

Posted on: 22 Oct, 2018

कात्तिक ५, दाङ | दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने करिव ५०० सवारी साधन चालकलाई कारवाही गरिएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार नियमविपरीत सञ्चालन गरिएका ५०५ सवारी चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मदन कँुवरले जानकारी दिनुभयो । 

उहाँका अनुसार कारवाहीमा पर्नेमा तीव्रगतिमा गाडी चलाउने, मापसे गरेर चलाउने, क्षमताभन्दा बढी सामान राख्ने र सवारी सञ्चालन कागजात नभएका चालक छन् । कारवाहीमा पर्नेमा मोटरसाइकल, जीप कार, बस, ट्रक, टिपर, अटो लगायतका सवारी साधनका चालक छन् । उक्त कारवाहीबाट रु तीन लाख १९ हजार राजश्व सङ्कलन भएको पनि प्रहरी निरीक्षक कुँवरले बताउनुभयो । 

दशैँको अवधिमा दाङमा चार वटा सवारी साधन दुर्घटना भएकामा एक जनाको मृत्यु भएको र चारजना गम्भीर घाइते भएको उक्त कार्यालयले जनाएको छ । गत वर्ष दशँैको समयमा भन्दा यसपटक भने सवारी साधन दुर्घटनामा कमी आएको छ । गत वर्ष सो अवधिमा एक दर्जनबढी सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु हुनुका साथै १० जना गम्भीर घाइते भएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!