दशैंमा आयात नहुदां पाँचथरमा पेट्रोलको अभाव

Posted on: 22 Oct, 2018

 कमल घिमिरे ।कार्तिक ५।पाँचथर,  पाँचथरमा पेट्रोलको अभाव खड्किएको  छ । दशैंको वेलामा जिल्लाबाट तेल लिन टयाङकरहरुमा नजादां पेट्रोलको अभाव खड्एिको हो ।

दशै अगाडिनै आयात भएको पेट्रोल यसअघिनै सकिएको छ । जिल्लामा तीन स्थानका पम्पबाट पेट्रोलियम पदार्थ वितरण हुदैं आएको छ । तर तीनओटै पम्पमा पेट्रोल दुईदिन अघिनै सकिएको सदरमुकाम फिदिममा तेल वितरण गर्दै आउनुभएका इन्द्रायणि अटो मोबायल्सका विक्रेता टोकनाथ तामाङले वताउनुभयो । तेल लिन टयाङकर नजांदा दशैंको अन्त्यतिर अभाव भएको उहाँको भनाई रहेको छ ।

पाँचथरमा पूर्वी नाका काकरिभिटा हुदैं भारतबाट पेट्रोलियम पदार्थ आयात हुदैं आएको छ । जिल्लामा पेट्रोल आयात गरेर विक्रि गर्न अझै दुईदेखि तीन दिनसम्म समय लाग्ने विक्रेताहरुले वताएका छन् । जिल्लामा प्रतिदिन पाँच हजार लिटर हाराहारिमा पेट्रोल खपत हुने विक्रेताहरु वताउछन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!