मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु, ३ गम्भीर घाइते

Posted on: 23 Oct, 2018

कात्तिक ६, रौतहट | रौतहटको चन्द्रपुर नगरपालिकाको पौराइस्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् | सोमबार राति करिब १० बजे पौराइमा ४ जना सवार ना ३४ प ६४४० नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा चन्द्रपुर १ का २२ वर्षीय शिव खड्काको मृत्यु भएको छ भने सोही ठाउँका २३ वर्षीय शक्ति थिङ्ग, २५ वर्षीय भीमबहादुर मोक्तान र २४ वर्षीय धिरज मगर गम्भीर घाइते भएको चन्द्रनिगाहपुरका डीएसपी युवराज खड्काले जानकारी दिएका छन्।

घाइते तीनैजनाको वीरगजस्थित हेल्थ केयर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!