वल्र्ड लिंकको सल्यान रिपिटर टावरमा तोडफोड, जिल्लामा इन्टरनेट अवरुद्ध

Posted on: 23 Oct, 2018

शंकर के सी, कार्तिक ६, सल्यान । वल्र्ड लिंक कम्युनिकेशनद्धारा सञ्चालित इन्टरनेट सेवाको कपुरकोटस्थित टावरमा तोडफोड भएको छ । गएराति वल्र्ड लिंक इन्टरनेटको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलाबारिको रिपिटर टावरमा तोडफोड गरि अज्ञात समूहले महत्वपूर्ण सामान चोरि गरेको वल्र्ड लिंकका सल्यान प्रतिनिधी शनत कुमार शर्माले जानकारि दिएका छन् । तोडफोड हुँदा अहिले सल्यान, दाङ, रुकुम, रोल्पा, अर्घाखाँची, जाजरकोट लगाएतका जील्लामा इन्रनेट सेवा अवरुद्ध भएको छ ।

चाड मान्न सुरक्षा गार्ड घर गएको मौका छोपि अज्ञात समूह वा व्यक्तिले टावर भित्र छिर्ने ढोका फोडेर महत्वपूर्ण तारहरु काटी रेडियो उपकरणहरु झिकेर लगेको शर्माले जानकारि दिए । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ । के कती सामान चोरि र क्षती भयो भन्ने जानकारि लिन तथा इन्टरनेट सेवा सुचारु गर्नका लागी पहल थाल्न वल्र्ड लिंकको प्राविधिक टोलि कपुरकोट आउन लागेको सल्यान प्रतिनिधी शर्माले जनाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!