एनआरएनएका मध्यपूर्व संयोजक शर्मा कतारबाट पक्राउ

Posted on: 23 Oct, 2018

कात्तिक ६, काठमाडौँ | गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का मध्यपूर्व संयोजक आरके शर्मा कतारमा आज पक्राउ परेका छन् । 

संयोजक शर्मालाई कतार प्रहरीले पक्राउ गरेको एनआरएनएका प्रवक्ता भूषण घिमिरेले पुष्टि गर्नुभयो । शर्मालाई पक्राउ गर्नाको कारण भने नखुलेको उहाँले जानकारी दिनुभयो । प्रवासी नेपालीले दोहामा आयोजना गरेको कार्यक्रममा श्रमिक शोषणसम्बन्धी नाटक प्रदर्शन गरेका कारण कतार प्रहरीले शर्मालाई पक्राउ गरेको हुन सक्ने उहाँले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!