अर्घाखाँचीमा १५ जना यात्रु बोकेको जिप दुर्घटना: चालकको मृत्यु

Posted on: 23 Oct, 2018

कात्तिक ६, अर्घाखाँची | अर्घाखाँचीको मालारानी गाउपालिका वडा नम्बर–५ बाँगीमा जिप दुर्घटना भएको छ । 

मालारानी गाउपालिका वडा नम्बर–५ बाँगी घाटखोलामा लु १ ज ३५०३ नम्बरको जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । 

जिप चालक गुल्मीको धुर्कोट गाँउपालिका–३ गल्धा बस्ने अन्दाजी ३५ वर्षिय शेर बहादुर थापा इन्द्रको उपचारका लागी बुटवल लैजादै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ ।

सन्धिखर्क देखी गुल्मीको भनभने जान हिंडेको जिप दुर्घटनामा परेको हो । गाडिमा १५ जना सवार थिए । 

सवारि चालक बाहेक अन्य कोहि पनी घाईते नभएको प्रहरि नायब उपरिक्षक नवराज मल्लले जानकारी दिनुभयो ।

तश्विरमा: मृतक चालक ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!