ओखलढुङ्गाका सय सवारी साधनलाई कारवाही, ७० हजार राजस्व अशुल

Posted on: 24 Oct, 2018

कात्तिक ७, ओखलढुङ्गा | ओखलढुङ्गामा दशैँको समयमा क्षमताभन्दा बढी यात्रु बोक्ने १०० सवारीसाधन कारवाहीमा परेका छन् । दशैँको मौका छोपेर क्षमताभन्दा दोब्बर यात्रु बोक्ने सवारीसाधन कारवाहीमा परेका हुन् । 

नियम उलङ्घन गर्ने सवारी चालकलाई अनुशासन र नियम सिकाउँदै जरिवाना गरिएको जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज कुमार फुयाँलले बताउनुभयो । उहाँका अनुसार सदरमुकामबाट जिल्लाका विभिन्न ठाउँका लागि जाने बोलेरो जिप र सुमो बढी कारवाहीमा परेका छन् । “कच्ची सडकमा जोखिम मोलेर क्षमताभन्दा धेरै यात्रु बोक्ने कारवाहीको दायरामा आएका छन् । गल्ती नदोहोर्याउने शर्तमा छाडिएको छ ।” फुयाँलले भन्नुभयो । 

ओखलढुङ्गामा दशैँको समयमा भएको सवारीसाधन कारवाहीबाट रु ७० हजार राजश्व सङ्कलन भएको छ । पर्वका समयमा हुनसक्ने दुर्घटना रोक्न जाँचमा कडाइ गरिएसँगै दशैँ अवधिमै रु ७० हजार राजश्व उठेको ट्राफिक प्रहरी पोेष्ट ओखलढुङ्गाले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!