दाङमा एक युवक मृत अवस्थामा फेला, घटना रहस्यमयी

Posted on: 24 Oct, 2018

कात्तिक ७, दाङ । दाङमा बुधबार बिहान फेरि एक युबकको शब फेला परेको छ ।

पुरानो भालुबाङ बजारस्थीत जयमाँ दुर्गा भवानी फर्निचर पछाडी राप्ती नदीको किनारमा रहेको तटबन्धको झुण्डी रहेको अवस्था शब फेला परेको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक रबिन्द्रराज पाण्डेले जानकारी दिएका छन् ।

मृतकको अहिलेसम्म कुनै पहिचान हुन नसकेको प्रहरी निरीक्षक पाण्डेले बताए । अन्दाजी ३५/४० बर्षका युवकको मृत्यु कारण बारे प्रहरीले अनुसन्धान शुरू गरेको छ ।

राप्ती नदीमा बनाईएको तार जालीको तटबन्धमा झुण्डिएको अवस्थामा युवकको शब फेला परेको छ तर स्थानीयबासीले भने हिजो राती संयुक्त युवा क्लब भालुबाङले भालुबाङमा आयोजना गरेको दशैँको कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना गरेको बिबिध सांस्कृतिक कार्यक्रम हेर्न आएको हुन सक्ने र कसैले हत्या नै गरेको हुनसक्ने बताएका छन् ।

यसअघि पनि भालुबाङको निर्माणधिन बसपार्क नजिक भालु खोलामा एक बृद्धको शब फेला परेको थियो । तर ती बृद्धको शब अहिले सम्म पनि पहिचान हुन सकेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!