कृषि क्षेत्रको बिकासलाई पहिलो प्राथमिकता राखेको छुः अध्यक्ष साउद

Posted on: 24 Oct, 2018

कमल रावल | कात्तिक ७, अछाम | चौरपाटी गाँउपालिकाका अध्यक्ष हर्क बहादुर साउदले कृषि क्षेत्रलाई आफ्नो गाउपालिकाले पहिलो प्राथमिकता राखेको बताउनु भएको छ । 

आफ्नो गाउपालिका प्रकृतिले भरिपुर्ण भएकाले कृषि क्षेत्रको बिकास लागि बैमौसमी खेती, तरकारी खेती, पशु तिर बाख्रापालन, बंगुर पालन, भैसिपालन, कुखुरा पालनलाई प्राथमिकता सहीत युवा मैत्रि लगानिमा अघि बढने बताउनु भयो । 


रेडियो रामारोशन संग संक्षीप्त कुराकानी गर्दै अध्यक्ष साउदले सुरुको बर्ष सिकाईको बर्ष भएकोले जनतालाई निराश नहुन पनी आग्रह गर्नु भयो । चुनावताका बेला जनताका माझ गरेका प्रतिबद्धता क्रमिक रुपमा ५ बर्ष भित्र पुरा हुदै जाने समेत बताउनु भयो । निश्चित स्रोत साधन सहीत कर्मचारीको अभाब आफनो गाउपालिकाले समेत खेपिरहेकाले शिक्षा, स्वास्थ्य, ग्रामिण सडक लगाएतका केहि योजनाका कार्य अघि बढिरहेका जानकारी दिनु भयो । आफुले यो बर्ष थालनी गरेको रिचार्ज पोखरी अभियान सफल हुदै गएकाले अगुवा गर्ने ब्यक्तिलाई सबैले साथ दिनु पर्नेमा उहाँको जोड रहेको थियो । 

एक अर्को प्रसँगमा अध्यक्ष साउदले युवाको माग के हो, चाहाना के हुन ति सबै पुरा गराउनका लागि आफ्नो गाउपालिकाले आगामि कात्तिक १४ र १५ गते युवा रोजगार मेला समेत गर्न लागेको जानकारी दिनु भयो । २ दिन सम्म चल्ले मेलामा गाउपालिका भरिका युवाको तंथ्याक सँकलन पछी समृद्ध र सुखि गाउपालिका बनाउन सबै युवालाई परिचालन गर्ने समेत बताउनु भयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!