राससकर्मी श्रेष्ठको निधन

Posted on: 25 Oct, 2018

कात्तिक ८, काठमाडौँ | राष्ट्रिय समाचार समितिमा करीब दुई दशकदेखि कार्यरत सवारी चालक चन्द्रलाल श्रेष्ठको आज बिहान निधन भएको छ । 

कलेजोको समस्याले पीडित श्रेष्ठको मीनभवनस्थित निजामती सेवा अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । विसं २०२६ मा सिन्धुपाल्चोकको सिपावाडे गाउँमा जन्मनुभएका उहाँका श्रीमती, तीन छोरी र एक छोरा हुनुहुन्छ । 

श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको निधनप्रति राससले इमान्दार निष्ठावान् कर्मचारी गुमाएकामा दुःख व्यक्त गरेको छ । नेपाल पत्रकार महासङ्घ रासस शाखा, रासस कर्मचारी युनियन, रासस कर्मचारी सङ्घ, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन रासस तथा संस्थामा क्रियाशील प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालले पनि उहाँको निधनमा दुःख व्यक्त गरेका छन् । हाल ललितपुर महानगरपालिकास्थित इमाडोलमा बस्दै आउनुभएका उहाँ रासस कर्मचारी युनियनको कार्यसमिति सदस्य हुनुहुन्थ्यो । 

राससका महाप्रबन्धक ओपेन्द्र शर्मा, नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपाली, प्रधानसम्पादक श्याम रिमाल, प्रशासन प्रमुख उत्तम सिलवाललगायत कर्मचारी श्रेष्ठको पार्थिव शरीरमा श्रद्धाञ्जलिका लागि पशुपतिमा पुग्नुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!