सुनको भाउ ६ वर्ष यताकै महंगो, आज कति पुग्यो ?

Posted on: 25 Oct, 2018

कात्तिक ८, काठमाडौं | सुनको भाउ ६ वर्ष यताकै महंगो भएको छ । आज सुन तोलाको ६० हजार ४ सय रुपैयाँमा पुगेको छ । यो २०६९ साल भदौ पछिकै सबैभन्दा महंगो हो । त्यतिबेला सुन तोलामा ६३ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । गएको एक महिनामा सुनको भाउ चार हजार रुपैयाँले बढेको छ । यो वर्ष लागे पछि सुनको झण्डै ५ हजार रुपैयाँले बढ्यो ।

गएको वैशाख महिनामा ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउमा त्यसपछि निकै उतारचढाव आयो । गएको साउन ३० गते तोलामा ५६ हजार रुपैयाँमा कारोबार भएको सुन आज ६० हजार ४ सय रुपैयाँमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन महंगिएकाले नेपाली बजार पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी  महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार सुनको भाउ आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस १२ सय ३८ डलर  छ ।

यो दसैंमा प्रतिऔँस १२ सय २१ देखि १२ सय ३० डलरको हाराहारीमा रहेको भाउ हिजोदेखि बढ्न थालेको हो । हिजो भन्दा आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ६ डलरले बढेको शाक्यले बताउनुभयो । अहिलेको अवस्था हेर्दा सुनको भाउ अझै बढ्ने देखिएको पनि उहाँले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!