निरन्तर उकालो लागेको सुनको मूल्य शुक्रबार घट्यो

Posted on: 26 Oct, 2018

कात्तिक ९, काठमाडौं । सुन चाँदीको भाउ शुक्रबार घटेको छ । सुन शुक्रबार तोलाको ६० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तोलामा ३ सय रुपैयाँ बढेको सुनको भाउ शुक्रबार २ सय रुपैयाँ घटेको हो ।

सुन बिहीबार भाउ बढेर ६ वर्ष यताकै महंगो तोलाको ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदीको भाउ पनि घटेको छ । बिहीबार स्थीर रहेको चाँदीको भाउ शुक्रबार तोलामा ५ रुपैयाँ घटेर ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!