मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

Posted on: 26 Oct, 2018

कात्तिक ९, उर्लाबारी | मोरङको उर्लाबारी नगरपालिका–८ स्थित उर्लाबारी–इटहरा सडकखण्डमा आज बिहान मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

आज बिहान १०:१० बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को३५प ९७७३ नंको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँका चालक २७ वर्षीय शैलेश गौतमको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका गौतमको स्थानीय अरनिको अस्पतालमा उपचारका क्रममा १०:३० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!