प्रधानमन्त्री ओली अस्वस्थ, नेकपाको चियापानमा सहभागी भएनन्

Posted on: 27 Oct, 2018

कात्तिक १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । अस्वस्थता कै कारण सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गरेको चियापान कार्यक्रममा सहभागी भएनन् ।


नेकपाले दशैं, तिहार र छठ पर्वको अवसरमा शनिबार काठमाडौंको भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेता कार्यकर्ता तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

चियापानमा सहभागीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतले स्वागत गरेका थिए ।

सुरुमा प्रधानमन्त्री ओली ३ बजे आउने भनिएको थियो । तर, अन्तिम समयमा आएर सहभागी भएनन् । ‘स्वास्थ्यमा केही समस्या देखिएकाले नआउनु भएको हो । भौतिक रुपमा उपस्थित नभएपनि भावनात्मक रुपमा उपस्थित हुनुहुन्छ’ नेकपाका महासचिव विष्णु पौडेलले सञ्चारकर्मीहरुलाई भनेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!