प्रहरीको घुमुवा हुँदै भन्दै लुटपाट गर्ने दुई जना कुस्मा पक्राउ

Posted on: 28 Oct, 2018

पर्वत/प्रहरीको घुमुवा हुँ भन्दै लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्रेको छ ।


पर्वतको कुस्मा नगरपालिका वडा नं ५ का सरोज परियार र रसिद दिनलाई प्रहरीको सिआइडी हुँ भन्दै लुटपाट गरेको आरोपमा पक्राउ गरेको हो ।
कुस्मामा लुकिछिपी हिड्दै गरेको अवस्थतामा परियार र दिनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनीहरुले कुस्मा नगरपालिका – ७ का रन्जित पौडेल र अभिशेक परियारको साथबाट २ वटा मोवाईल सेटहरु ,साउण्ड सिस्टम र नगद ४ हजार ५ सय लुटपाट गरेका थिए ।


पक्राउ परेका सरोज परियार र दिन यस अघि पनि बिभिन्न अपराधमा संलग्न भएको पाइएको छ । उनलाई २ पटक जिल्ला प्रहरी कार्यालय पर्वतवाट चोरी गरेको आरोपमा सार्वजनिक मुद्दा चलाइएको थियो भने एक पटक ज्यान मार्ने उधोग मुद्धा चलेको थियो ।

यस्तै जिल्ला प्रहरी कार्यालय नवलपरासीवाट लागु औषध मुद्धामा अनुसन्धान भएको प्रहरीले जनाएको छ । रसिद दिन यस पुर्व जिल्ला प्रहरी कार्यालय पर्वतवाट चोरी मुद्धामा संलग्न भई जिल्ला कारागार पर्वतवाट सजाय भुक्तान समेत गरेका थिए ।  प्रहरीको घुमुवा हुँदै भन्दै लुटपाट गर्ने दुई जना कुस्मा पक्राउ

यस बिषयमा तपाइको प्रतिक्रिया...!