बाँकेमा रेडपाण्डाको छालासहित एक जना पक्राउ

Posted on: 28 Oct, 2018

कात्तिक ११, बाँके | रेडपाण्डाको (हाब्रे)छालासहित प्रहरीले गए राती कोहलपुर नगरपालिका–२ मुगाली बस्तीबाट सोही स्थानका ३१ वर्षीय मानबहादुर शाहीलाई पक्राउ गरेको छ । 

प्रदेश नं ५ प्रहरी अनुसन्धान व्यूरोको टोलीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलका अनुसार दुई थान रेडपाण्डाको छालासहित शाहीलाई उनकै घरबाट नियन्त्रणमा लिइएको हो । बरामद छाला र शाहीलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय बाँकेमा बुझाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!