बारामा अज्ञात समुहद्वारा एक वृद्दको घाँटी रेटी हत्या

Posted on: 28 Oct, 2018

कात्तिक ११, बारा | बारामा शनिबार राति एकजना बृद्धको घाँटी रेटी हत्या गरिएको छ । कलैया उपमहानगरपालिका – २३ स्थित कोइरिया टोलका झण्डै ६० वर्षीय नन्दलाल पटेलको अज्ञात समूहले हत्या गरेको प्रहरी नायब उपरीक्षक रंजित सिंह राठौरले बताउनुभयो । 

खाना खाएर घर नजिकै गोठमा गएको बेला अज्ञात समूहले घाँटी रेटेर पटेलको हत्या गरेको हो । घटना राति साढे आठ बजेको हो । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!