बञ्चरो प्रहार गरी श्रीमतिको हत्या

Posted on: 29 Oct, 2018

प्रेम सुनार | कात्तिक १२, बुटवल | कपिलबस्तुको शिवराज नगरपालिका– १ बनकट्टामा बन्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन ।

गए राती  राती घरयासी झगडा हुँदा ४० बर्षिय बसन्त परियारले श्रीमती ३५ बर्षिया सुमित्रा परियारको हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

मजदुरी गरी खाने परियारले मादक पदार्थ सेवन गरी झगडा गर्दै आएका थिए । गएराती छोराछोरी सुतिसकेको समयमा बन्चरो प्रहार गरी हत्या गरेको  प्रहरीको भनाई  छ ।

मृतकको टाउको र हातमा चोट देखिएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्ययले बताए । हत्यारा फरार रहेको र खोजी कार्यजारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

शव पोस्टमाटमको लागि शिवराज अस्पताल बहादुरगंज लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । परियारका २ छोरा र १ छोरी छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!