उदयपुरमा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

Posted on: 30 Oct, 2018

कात्तिक १३, गाईघाट | उदयपुरको चौदण्डी नगरपालिका हँडिया–९ अजगराकी २० वर्षीया सम्झना चौधरीको सोमबार नजिकैको जङ्गलमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खेतमा धान राख्ने खला लिप्ने माटो लिन गएकी सम्झना चौधरीको पुरिएर मृत्यु भएको हो । चौधरीका बाबु तीलकराम चौधरी भने ढिस्कोले पुर्दा सख्त घाइते भएका छन् । घाइते चौधरीको छिमेकीले जङ्गलबाट उद्धार गरी नजिकैको हँडिया स्वास्थ्यचौकीमा उपचार भइरहेको उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले बताउनुभयो । 

घटनास्थल हँडिया अजगरादेखि पाँच किलोमिटर उत्तरी पहाडी क्षेत्रको जङ्गलमा भएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!