बाख्रा चराउन वन गएकी १५ वर्षीय किशोरी मृत फेला

Posted on: 30 Oct, 2018

कात्तिक १३, बर्दिया | बर्दियामा बाख्रा चराउन वन गएकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन् | राजापुर नगरपालिका - ४ की १५ वर्षीया प्रमिला चौधरीको शव स्थानीय सामुदायिक वनमा झुण्डिएको अवस्थामा फेला परेको हो।

बाख्रा चराउन राजापुरस्थित संघर्षनगरको सामुदायिक वनमा गएकी किशोरी आइतबार हराएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । प्रहरीका अनुसार किशोरीको शव सोमबार रुखको हाँगामा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको हो।

किशोरी स्थानीय विद्यालयमा कक्षा ८ मा अध्ययनरत पढ्दै थिइन्। घटना स्थलको प्रकृति मुचुल्कापश्चात किशोरीको शव पोष्टमार्टमका लागि अस्पताल पुर्‍याइएको छ। रिपोर्ट  आएपछि घटनाको वास्तविकता पत्ता लाग्ने उपरीक्षक भारतीले जानकारी दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!