नापी कार्यालयका सर्वेक्षक २ लाख घुससहित पक्राउ

Posted on: 30 Oct, 2018

कात्तिक १३, सिरहा । नापी कार्यालय सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरी २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

नाप नक्सा बमोजिम जग्गाको क्षेत्रफल सच्याइ धनीपूर्जामा कायम गरिदिने भनी सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले पक्राउ गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!