किशोरी मृत फेला, घटना शङ्कास्पद

Posted on: 30 Oct, 2018

कात्तिक १३, धम्बोझी (रासस) | बर्दियाको राजापुर नगरपालिका–४ छेडियाको मुक्तकमैया टोलमा एक किशोरी मृत फेला परेकी छन् । 

आइतबार नजीकैको जङ्गलमा बाख्रा चराउन गएकी १४ वर्षीया प्रमिला चौधरी आज रुखमा झुण्ड्याइएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साँझसम्म घर नफर्केपछि स्थानीयवासीको सहयोगमा प्रहरीले खोजी गर्दा उनी मृत फेला परेको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक वद्रीप्रसाद ढकालले बताउनुभयो । 

घटनाको प्रकृति हेर्दा शङ्कास्पद रहेको प्रहरी अनुमान छ । राजापुरमा चिकित्सकको अभावका कारण शव परीक्षणका लागि कैलालीको टीकापुर अस्पतालमा पठाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!