दाङमा एकैदिन चार घरमा चोरी

Posted on: 31 Oct, 2018

कात्तिक १४, दाङ । दाङको तुलसीपुर बजार क्षेत्रमा एकै दिन चार वटा घरमा चोरी भएको छ।

मंगलबार राति तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरा निवासी केशर वली र पिंकी गुप्ताको घरमा चोरी भएको हो।

वलीको घरबाट ३५ हजार नगद र २४ आना सुनको गरगहाना, गुप्ताको घरबाट ४० हजार नगद, ११ आना सुन र केही चाँदीका गरगहना चोरी भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

त्यस्तै, सोही ठाउँकै तुलसीराम बस्नेतको घरबाट १ तोला १५ आना सुनका गरगहना, ९ हजार नगद र रजौराकै डम्मरबहादुर वलीको घरबाट ११ आना सुनका गरगहना, २० हजार नगद र एउटा मोबाइल चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!