सर्लाहीमा स्कार्पियोको ठक्करबाट बालकको मृत्यु, करेन्टबाट युवकको मृत्यु

Posted on: 31 Oct, 2018

कात्तिक १४, सर्लाही (रासस) | सदरमुकाम मलङ्गवामा आज साँझ भारतीय स्कार्पियोको ठक्करबाट एक बालकको मृत्यु भएको छ । 

ठक्करबाट मलङ्गवा–८ का सुभाष साह सोनारका आठ वर्षीय छोरा रौशनको मृत्यु भएको प्रहरीले जनाएको छ । मलङ्गवाबाट भारतको सोनवर्षातर्फ जाँदै गइरहेको बिआर३२पिए ०५९३ नंको स्कार्पियोले विद्युत् कार्यालय नजीक बालकलाई ठक्कर दिएको थियो । 

भारतको सीतामढीबाट जन्ती लिएर आएको स्कार्पियो फर्किंदै गरेको अवस्थामा बालकलाई ठक्कर दिँदा साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ठक्कर दिएर भाग्दै गरेको अवस्थामा स्थानीय र प्रहरीले नेपाल–भारत सीमा नजीक रहेको भारतीय एसएसबीको चेकपोस्टबाट गाडीसहित भारतको सीतामढी जिल्ला भगवानपुर–५ पिपराडीका चालक राधेश्याम रामलाई समातेको प्रहरीले जनाएका छन् । 

करेन्टबाट युवकको मृत्यु 

करेन्ट लागेर सर्लाही, ईश्वरपुर नगरपालिका–१५ बौहर्वा टोलका ब्रह्मदेवनारायण चौधरीका २२ वर्षीय छोरा रमेश चौधरीको मृत्यु भएको छ । 

सुकनाहा बजारको जसमिन वर्कसपमा मोटरसाइकल धुलाउन गएका रमेशले विद्युतीय मोटर चलाउँदा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उहाँको रौतहट चन्द्रनिगाहपुरको एपोलो सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!