आजपनि घट्यो सुन तथा चाँदीको मुल्य, कति पुग्यो ?

Posted on: 01 Nov, 2018

कार्तिक १५, काठमाडौं । साताको पाँचौ दिन बिहिबार पनि नेपाली बजारमा सुनको मुल्य घटेको छ ।

बुधबार बजारमा छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आज १ सयले घटेर प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबार तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, बुधबार बजारमा चाँदी प्रतितोला मूल्य ७४० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!