सरकारी भवनमा मकैको ढोड, शौच गर्न प्रयोग (हेर्नुस् ६ तस्विर)

Posted on: 01 Nov, 2018

चिसाङ शेर्पा | कार्तिक १५ खोटाङ | जिल्लामा सरकारी सम्पत्तीमा मोजमस्ती गर्नेहरुको जमात एकातिर जिवितै छ । भने, अर्कोतिर सरकारी सवारी साधनलाई विलासिताको साधन बनाएर दोहन गर्नेहरु यत्रतत्र छन् । यद्यपी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित मुढेको आर्मी ब्यारेक अगाडी (मुनी) रहेको शैक्षिक तालिम केन्द्रको वास्तविकता थाहा नपाउदा सरकारी सम्पत्तीमा बनाईएका संरचना अलपत्र, बेवारिसे, बेकामे बनेको छ ।

स्थानीय सरकार आएपनी थाहै नपाउने(त्यही वाटो भएर कती ओहोरदोहोर गर्छन ?) आदतले उक्त संरचना जिर्ण र सिङगो भवन शौचालय बन्दै गएको छ । भवन निर्माणका लागि जग्गा दान गर्ने स्थानीयले भवन बेकामे भएको खबर स्थानीय सरकार नगरपालिकालाई सुनाए पनि भवन प्रयोगमा आएको छैन । बद्लामा भवनभित्र मकैको टुप्पा(ढोट) राख्ने र शौच गर्ने स्थल भएको छ ।

भवनमा मकैको टुप्पा(ढोट)भने भवन प्रयोगमा नआएपछि जग्गादाताले नै राखेका हुन् । भवनका लागि स्थानीय शिव वहादुर थापाले निःशुल्क ६ रोपनी(भवनका लागि) र १२ आना सडकका लागि जग्गादान गरेका थिए । तर, त्यो वालुवामा पानी हालेजस्तै भएको छ । सम्बन्धित निकायको लापारवाहीले राज्यको सम्पत्ती र व्यक्तिगत सम्पत्तीको दोहन भएको छ । 

तस्विरमा हेरौ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!