बैतडीको १ नगरसहित ४ गाउँपालिकामा विद्युत अभाव, सोलारकै भरमा कार्यसम्पदान

Posted on: 01 Nov, 2018

कृष्ण बिष्ट | कात्तिक १५, बैतडी | जिल्लाका स्थानिय तहहरुमा विद्युत सेवा नहुदा कार्यलयको कामकाजमा समस्या भएको छ । ४ नगरपालिका र ६ गाउपालिका गरि १० वटा स्थानिय तह रहेको बैतडीमा एक नगरपालिका सहित चार गाउपालिकामा विद्युत सेवा नहुदा गाउपालिका तथा नगरपालिका कार्यलयको कामकाज सोलार बत्तिको भरमा सञ्चालन भइरहेका छन । 

जिल्लाको पुर्चाैडी नगरपालिका, सिवनाथ गाउपलिका, सिगास गाउपालिका, पञ्चेश्वर गाउपालिका र डिलासैनि गाउपालिकाको कार्यालयमा बिद्युत सेवा नहुदा कार्यलयले दैनिक कामकाज सोलार बत्तिको भरमा सञ्चालन गर्दै आएका छन ।

घाम लागेको बेला सोलार बत्तिले काम गर्ने र घाम नलागेको बेला सोलार बत्तिले काम नगर्ने हुदा स्थानिय तहहरुलाई कार्यासम्पादनमा समस्या भएको छ । सोलारले घाम परेको बेला मात्रै काम गर्ने र घाम नलागेको बेला काम नगर्ने भएकाले कार्यसम्पादनमा समस्या भएको सिगास गाउपालिका उपाध्यक्ष द्रोपति चन्दले जानकारि दिनुभयो । 

कम्प्युटरको माध्यमबाट आयव्याय तथा प्रशासनिक कामहरु गर्नुपर्ने भएकाले बिद्युतले जस्तै सोलारले सजिलै सँग कम्युटर नचल्ने गरेको उहाले बताउनुभयो । 

लगातार दुइ तीन दिन सम्म घाम नपरेमा सोलार ब्याट्रीले पावर नधान्ने भएकाले कार्य सम्पादनमा समस्य हुने गरेको छ । पन्चेश्वर गाउपालिकामा पनि विद्युत सेवा नहुदा कार्यसम्पादन गर्न सोलारकै भर पर्नूपरेको गाउपालिका अध्यक्ष गोरख बहादुर चनले बताउनुभयो । 

सोलार बत्तीकै भरमा प्रिन्ट, फोटोकपी, कम्प्यूटर समन्धी समाग्रीहरु नचल्दा सेवाग्राहिको काममा ढिलाई हुने गरेको पुर्चाैडी नगरपालिकाका कार्यकारि  अधिकृत पृथ्बीराज अवस्थीले बताउनुभयो । 

लगातार दुइ तीन दिन सम्म घाम नपरेको बेला ब्याट्री ब्यकपले नधान्ने भएकाले कार्य सम्पादनमा समस्य हुने गरेको उहाले बताउनुभयो । 

शिवनाथ गाउपालिका पनि सोलार बत्तिको भरमा काम गर्दा कार्यसम्पादन प्रभावित हुने गरेको गाउपालिकाका अध्यक्ष कर्णसिह साउदले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!