बैतडीमा बुहारी मृत फेला, सासु बेपत्ता

Posted on: 01 Nov, 2018

कृष्ण बिष्ट | कात्तिक १५, बैतडी | बैतडीमा एक महिला बिहिबार मृत फेला परेकि छन  । मृत फेला पर्नेमा दोगडाकेदार गाउँपालिका ४ श्रीकेदार साउगाँउकी ३० बर्षीया निर्मला भट्ट रहेकी हुन । भट्टकी  सासु ५२ बर्षीया पार्वती भट्ट भने बेपत्ता रहेकी खोचलेक प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक श्याम सिंह महराले जानकारी दिए । 

बुधवार घाँस काट्न भनेर घरबाट निस्केकी निर्मला साँझ सम्म पनि घर नर्फ्किदा सासु पार्वती खोजतलास गर्न जाँदा पार्वती समेत बेपत्ता भएकी प्रहरीले जनाएको छ । 

दुबै जना रातीसम्म पनि घर नफर्किएपछी घरपरवारका अन्य सदस्य खोजतलास गर्दा निर्मला बिहीवार बिहान स्थानीय ओडीगाँउ जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । 

बेपत्ता पार्वतीको खोजीका लागी प्रहरी चौकी खोचलेकवाट प्रहरी सहायक निरीक्षक श्याम सिंह महराको नेतृत्वमा प्रहरी टोली लागि परेको छ । घटना रहस्यमय रहेकोले थप अनुसन्धान अगाडी बढिरहेका बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!