श्रोत नखुलेको २२ लाख नेपाली नगदसहित नाकढुंगाबाट एकजना पक्राउ

Posted on: 02 Nov, 2018

कात्तिक १६, काठमाडौं | नागढुंगा २२ लाख ५० नेपाली नगद रुपैंयाँसहित एक जना प्रक्राउ परेका छन् | पक्राउ पर्नेमा बाँके जिल्ला नेपालगंज उपमहानगरपालीका ४ का ३६ वर्षिय मोहम्मद हसीव सिद्दिकी रहेका छन् | उनले कपडाको झोला तथा शरिरमा २२ लाख ५० हजार रुपैंया बाँधेर ल्याएको अवस्थामा फेला परेपछि पक्राउ परेका हुन् । 


नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना. ५ ख ६४७७ नं.को यात्रुावाहक बसमा लुकाई छिपाई ल्याएको अवस्थामा प्रहरीले चेक जाँच गर्दा फेला परेको हो । 

प्रहरी श्रोतका अनुसार उक्त रकम काठमाडौंमा अवैध सुन खरिद गर्नका लागि ल्याइएको थियो । 

सो सुन काठमाडौंबाट भारत पुर्याउने योजना रहेको प्रहरीको दाबी छ ।

शरिरमा लुकाई छिपाई ल्याएको श्रोत खुलाउन नसकेको उक्त रकमसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको बताएको छ । पक्राउ परेको रकमसहित सिद्दिकीलाई थप अनुसन्धानका लागि राजस्व अनुशन्धान पठाइएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!